भारत र पाकिस्तान‍लाई झुकाउन सफल नेपाली ‘थ्री स्टार’

भारत र पाकिस्तान‍लाई झुकाउन सफल नेपाली ‘थ्री स्टार’


भारतसँग १० विकेटको हारपछि नेपाली क्रिकेट टोलीका लागि एसिया कपको यात्रा टुङ्गिसकेको छ । २७ वर्षे क्रिकेट इतिहासमा नेपाली क्रिकेट टोलीले पहिलोपटक विश्व नंम्बर १ पाकिस्तान र भारतसँग भिड्ने मौका पाएको थियो । 

पहिलो उद्दघाटन खेलमा पाकिस्तानसँग २३८ रनले नमज्जाले पराजित भएपछि श्रीलंकाको पल्लेकेले मैदानमा भारतविरुद्ध राम्रो ब्याटिङ गरेको नेपाली टोलीले बलिङमा भने कुनै प्रकारका चमत्कार देखाउन सकेन । नेपाल वर्षाले प्रभावित भएको खेलमा १० विकेटले हार्दै एसियाकपबाट बाहिरिन पुग्यो । अझ भनौं नेपाली बलरहरुले भारतीय ब्याट्म्यान रोहित शर्मा र शुभमन गिललाई आउट नै गर्न सकेनन् । 

नेपालको एसिया कप यात्रा बिर्सन लायक भएतापनि पाकिस्तान र श्रीलंका भ्रमणका क्रममा केही नेपाली खेलाडीहरुले आफूमा भएको सम्भावनालाई देखाउने मौका पनि पाए, जसमध्ये आज हामी नेपालका ३ सफल खेलाडीका बारेमा बताउने छौं–

१. सोमपाल कामी 

May be an image of 2 people and text

एसिया कपको उद्दघाटन खेलमै पाकिस्तानविरुद्ध नेपालका लागि सर्वाधिक रन बनाउन सफल खेलाडी हुन्, सोमपाल कामी । उनी फूलटाइम बलर हुन् तर नेपाललाई जहिले–जहिले रनको आवश्यकता पर्छ सोमपाल कामीले त्यो पूरा गर्ने गर्छन् अर्थात उनले टोलीलाई आवश्यक रनको प्रबन्ध गरिदिन्छन् ।

पाकिस्तानले दिएको ३४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल पहिलो ओभरको दुई बलमा लगातार दुई चौकापछि अफ्रिदी हातबाट आउट हुन्छन् । अफ्रिदीले सोही ओभरको अन्तिम दुई बलमा थप दुई विकेट लिएर नेपालको ब्याटिङलाई कमजोर बनाइदिन्छन् । लगातार विकेट ढलेपछि नेपाली खेलाडीहरू दवाबमा आएका थिए। त्यसैबेला अर्का ओपनर आशिफ शेख पनि ५ रन बनाएर आउट हुन पुग्छन्, त्यसपछि इनिङ सम्हाल्न आएका सोमपाल कामी र आरिफ शेख मिलेर ५९ रनको महत्त्वपूर्ण साझेदारी निभाउँछन् । सोमपाल पाकिस्तानविरुद्ध ४ चौकासहित २८ रन बनाउन सफल भए ।

सोमपाल फूलटाइम बलर हुन् तर नेपाललाई जहिले–जहिले रनको आवश्यकता पर्छ सोमपाल कामीले त्यो पूरा गर्ने गर्छन् अर्थात उनले टोलीलाई आवश्यक रनको प्रबन्ध गरिदिन्छन् ।

ब्याटिङसँगै सोमपालले पाकिस्तानविरुद्ध बलिङमा पनि निकै राम्रो प्रदर्शन गरेका थिए । पाकिस्तानका लागि निरन्तर रन बनाइरहेका कप्तान बाबर आजम र सादब खानलाई सोमपालले आउट गरेर पाकिस्तानको रनको गतिलाई राेके । यसैगरी गएराति भारतविरुद्ध भएको खेलमा पनि सोमपालले आसिफ शेखपछि सर्वाधिक बढी ४८ रन बनाउन सफल भए । उनी अर्धशतक बनाउनबाट २ रनले मात्र चुके । बलिङतर्फ भने सोमपाल नेपालका सर्वाधिक रन खर्च गर्ने खेलाडी बने २ ओभर मात्र बलिङ गरेका उनले २३ रन खर्च गरे । 

२. आसिफ शेख

यसैगरी एसिया कपमा नेपालका लागि सर्वाधिक सफल खेलाडी आसिफ शेख बनेका छन् । नेपालका लागि पहिलो र एक मात्र अर्धशतक बनाउन सफल आसिफ शेख पाकिस्तानविरुद्ध भने पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानविरुद्ध आसिफ शेखले ५ रन मात्र बनाउन पाए ।पाकिस्तानका एक ब्याट्सम्यानको क्याचसमेत लिए।

तर, भारतविरुद्ध भने आसिफको ब्याटिङ चल्यो । ८८ बलमा सात चौकासहित उनले अर्धशतक बनाएका थिए । तर, उनी ५८ रनमा आउट हुन पुगे । आरिफको खेल करियरकै दशौँ अर्धशतक हो । यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नौ अर्धशतक बनाएका थिए। उनले अहिलेसम्म ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्।

सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्चरन ११० हो। 

३. कुशल भुर्तेल

May be an image of 2 people and textयसैगरी एसिया कपमा नेपालका लागि सर्वाधिक सफल तेस्रो खेलाडी हुन्, कुशल भुर्तेल । कुशलले पनि पहिलो खेलमा पाकिस्तानविरुद्ध खासै राम्रो खेल्न नसकेपनि दोस्रो खेलमा भारतविरुद्ध भने आसिफ शेख, सोमपाल कामीपछि सर्वाधिक रन बनाउन सफल बने । कुशलले भारतविरुद्ध पहिलाे ओभरमै जीवनदान पाएका थिए। पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले भुर्तेलको क्याच छाडेका थिए । यसैगरी पाँचौं ओभरमा उनको बल क्याच विकेटकिपर इशान किशनले छाडेका थिए । 

कुशलकाे विष्फोटिङ ब्याटिङमा भारतीय खेलाडीहरुसमेत चकित परेका थिए ।

भारतविरुद्ध नेपालका लागि कुशलले ५.३ ओभरमा पहिलो छक्का प्रहार गर्न सफल भए । पहिलाे १० ओभरको खेलमा आसिफ शेखसँग मिलेर कुशलले विष्फोटिङ ब्याटिङ गर्दै टाेलीका लागि ६५ रन जाेडेका थिए । जुन भारतविरुद्ध सामान्य हाेइन । उनकाे विष्फोटिङ ब्याटिङमा भारतीय खेलाडीहरुसमेत चकित परेका थिए । 

साथै भारतविरुद्धकाे खेलमा ६ रन बनाएपछि कुशल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी पनि बने । यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले पनि एक हजार रन पूरा गरिसकेका छन् । कुशलले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् । उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार समेत गरिसकेका छन् ।

Logo