तस्करीबाट रेडी ट्रेडर्सले ३०२ किलो सुन भित्र्याएकाे सीआईबीको निष्कर्ष

तस्करीबाट रेडी ट्रेडर्सले ३०२ किलो सुन भित्र्याएकाे सीआईबीको निष्कर्ष


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । 

सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिललाई बुझाउने भएको हो । ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् ।

सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ । त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिइनेछ । 

Logo