२ जेठ २०७९ सोमबार
1
1
1
1

अब सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने

1
1
1
1
1
1

काठमाडौँ

अबदेखि सर्वसाधारणले सुनलाई बैंकमा राखेर ब्याज पाउने भएका छन् । सुनलाई निक्षेपको रुपमा राख्ने मात्रै होइन धितो राखेर ऋण लिन पनि सक्नेछन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै सुनलाई निक्षेपको रुपमा राख्ने पाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार न्यूनतम २५ ग्रामभन्दा बढि सुन मात्र बैंकले निक्षेपका रुपमा लिन सक्नेछ । बैंकले सुनलाई निक्षेपका रुपमा स्वीकार गर्दा सुनको शुद्धता तथा तौल मापन गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले कम्तिमा ९९५ फिटनेस सुन मात्र निक्षेपका रुपमा स्वीकार गर्न सक्नेछन् ।

बैंकमा निक्षेपका लागि राखिएको सुन कम्तिमा ३ बर्ष र बढीमा ५ बर्षका लागि समय तोकिएको छ । ग्राहकले बैंकमा जम्मा गरेको सुन तथा त्यसको ब्याज सुनमै फिर्ता लिने कि नगदमा लिने भन्ने कुरा बैंकसँग सम्झौता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । ब्याज कति दिने भन्ने बैंकले नै निर्णय गर्नेछ ।

सुन निक्षेपको ब्याज दर बैंकहरुले नै निर्धारण गर्नेछन् । १० लाख रुपैयाँभन्दा बढिको सुन निक्षेपको रुपमा राख्दा त्यसको स्रोत खुलाउनु पर्नेछ । त्यस्तै, राष्ट्र बैंकका अनुसार सुन निक्षेपको प्रमाणपत्रलाई धितो राखी त्यसै बैंकबाट सुनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित: २२ फागुन २०७६ १५:०५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी