1
0
Shares

यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

1
1
1

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार आज ठुलो नेपाली गोलभेँडा र लोकल बन्दाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ५० रुपैयाँ ७५ पैसा, सानो लोकल गोलभेँडा ७० रुपैयाँ, टनेल गोलभेँडा ७० रुपैयाँ, सानो भारतीय गोलभेँडा, भन्टा, तने बोडी र तोरीको साग ५५ रुपैयाँ रहेको छ।

त्यस्तै रातो आलु ५७ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ २० पैसा, लोकल गाजर १३५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र सेतो मूला ९५ रुपैयाँ, रातो मूला र मकै बोडी ८५ रुपैयाँ, सिमी, परवर र झिगूनी ४५ रुपैयाँ तोकिएको छ। 

त्यस्तै, टाटे सिमी प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, भटमासकोशा  ७६ रुपैयाँ ६७ पैसा, तितो करेला ७५ रुपैयाँ, लौका २५ रुपैयाँ, चिचिन्डो ३६ रुपैयाँ ६७ पैसा, घिरौँला ३६ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ, पिँडालु ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ८६ रुपैयाँ ६७ पैसा कायम गरेको छ।

त्यस्तै बजारमा ब्रोकाउली ३१० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, झोले स्याउ २९० रुपैयाँ, फूजी स्याउ ३३५ रुपैयाँ, केरा प्रतिदर्जन १५६ रुपैयाँ ६७ पैसा,कागती १९० रुपैयाँ, अनार ३७५ रुपैयाँ, हरियो तरबुजा ५६ रुपैयाँ ६७ पैसा, जुनार ३३५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा २१० रुपैयाँ र लोकल काँक्रो प्रतिकेजी ९० रुपैयाँ पर्नेछ ।

बजार कृषि

प्रकाशित: १ असोज २०८० ०९:३७ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी