1
0
Shares

लाभांश पारित गर्न ओरियन्टल होटल्सले असोज २५ मा बोलायो एजीएम

1
1
1

ओरियन्टल होटल्सले लाभांश प्रस्तावसहित असोज २५ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.२६३२% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसअनुसार यस कम्पनीले ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ।

सभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ। साथै, सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ। 

आर्थिक वर्ष २०८०-८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ। सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

साधारण सभा तथा लभांश प्रयोजनको लागि ओरियन्टलले असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसर्थ, असोज गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन्। 

शेयर बजार

प्रकाशित: २ असोज २०८० ११:१० मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी