असोज १० गतेदेखि जाउलाखेलमा जुत्ता चप्पल व्यापार मेला हुने

असोज १० गतेदेखि जाउलाखेलमा जुत्ता चप्पल व्यापार मेला हुने


असोज १० गतेदेखि ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुचि जगाउने उद्देश्यका साथ जुत्ता चप्पल व्यापार मेला हुन लागेको हो ।

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु-याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउन उक्त मेला आयोजन हुन लागेको हो । ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगरपालिकाअन्तर्गत जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन लागेको हो ।

आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएकाको बेला उद्योगी व्यवसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त उक्त मेला हुन लागेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्नसक्ने वातावरण बन्न मेला आयोजकले जनाएको छ ।

मेलामा प्राप्त हुने अवसरहरु :-

– मेला अवधि २०८० आश्विन १० गते देखि २०८० कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।
– वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् ।
– मेला विहान ९ वजे देखि वेलुकी ७ वजे सम्म खुल्ला रहनेछ ।
– मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – विएफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आरडि कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डिजे शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
– मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।
– मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् ।
– नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् ।
– मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।
– मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ ।
– निःशुल्क प्रवेश ।

Logo