ठमेलमा खाली ट्याक्सी प्रवेश निषेधको तयारी

ठमेलमा खाली ट्याक्सी प्रवेश निषेधको तयारी


पर्यटकीय क्षेत्र ठमेलभित्र खाली ट्याक्सी प्रवेशमा निषेध गरिने भएको छ। ठमेलका सडक सडकमा ट्याक्सीहरु लाइन लगाएर बस्ने गरेकोले त्यसलाई व्यवस्थित गर्न खाली ट्याक्सी प्रवेश निषेध गर्न लागिएको हो।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र खाली ट्याक्सी प्रवेश निषेध गर्न ट्राफिक प्रहरी महाशाखासँग छलफलको तयारी भइरहेको बताएको छ।  परिषद्ले यस निर्णयबाट ठमेलभित्र ट्याक्सीहरुको अनावश्यक चाप कम गर्न सहयोग पुग्ने विश्वास गरेकाे छ।

ठमेलभित्रका पर्यटकहरुले ट्याक्सी बोलाउन चाहेमा अनलाइन एपमार्फत भने बोलाउन सक्कनेछन्। त्यसरी बोलाइएका ट्याक्सीवालाले ठमेलभित्र प्रवेश गर्दा ट्राफिक प्रहरीलाई ओटीपी कोड देखाउनुपर्नेछ। 

Logo