चारवटा प्रदेशमा वर्षाको सम्भावना

चारवटा प्रदेशमा वर्षाको सम्भावना


देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशसँगै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

विभागले कोसी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।

कोसी, गण्डकी र  बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

Logo