विमल अस्ट्रेलिया प्रस्थानः किन बढ्दै छ खेलाडी पलायनको सिलसिला ? [भिडियाेसहित]

विमल अस्ट्रेलिया प्रस्थानः किन बढ्दै छ खेलाडी पलायनको सिलसिला ? [भिडियाेसहित]


हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै नेपालीले सपनाको उडान भर्छन्। तीमध्ये अधिकांशको देश छोड्नु बाध्यता हो। 

त्यही भिडमा राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी विमल घर्तिमगर थपिएका छन्। उनी शुक्रबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका छन्। अधिकांश नेपाली फुटबल खेलाडी अस्ट्रेलिया पलायन भएका छन्। यही क्रमलाई पछ्याउँदै चर्चित फुटबलर विमल घर्तिमगरको नाम पनि जोडिएको हो।

उनी कुन प्रयोजनका लागि अस्ट्रेलिया गएका हुन् भन्ने कुरा अझै खुलेको छैन। केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका विमलले पनि यस विषयमा केही बताएका छैनन्। यद्यपि, नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भने विमल पुनः नेपाल फर्कने गरी अस्ट्रेलिया गएको दाबी गर्छ।

विमलले देशका लागि ३९ खेल खेलेर ९ गोल गरेका छन्। विमलले देशका लागि उमेर समूहका विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन्।

उनले २५ वर्षीय विमल कम उमेरमै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्ने खेलाडी हुन्। उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए। उनले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेलेका थिए। विमलले देशका लागि ३९ खेल खेलेर ९ गोल गरेका छन्। विमलले देशका लागि उमेर समूहका विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन्।
 
नेपालमा सर्वाधिक सफल मानिएका फुटबल, भलिबल, क्रिकेटजस्ता सामूहिक खेल मात्र होइन, व्यक्तिगत स्पर्धा हुने खेलका खेलाडी पनि विदेशिने क्रम बढ्दो छ। पछिल्लो समय करिब ५० जना नेपाली  फुटबल खेलाडीहरु विदेश पलायन भइसकेका छन्। 

उनीहरु त विदेश उडे तर आफ्ना पछाडी त्यस्ता जटिल प्रश्न छाडेर गए जसको उत्तर नेपाली खेलकुदसँग न हिजो थियो न त आज नै छ। सायद यही अवस्था रहने हो भने नेपाली खेलकुदले आउने नयाँ पुस्तालाई पनि यसको उत्तर दिन सक्ने छैन।
 
कति नेपाली खेलाडीहरु विदेशी भूमिमा छन्? यसको यकिन तथ्यांक नेपाली खेलकुदको कुनै पनि निकायसँग छैन। यतिबेला फुटबल जस्तो लोकप्रिय खेलका महत्वपूर्ण खेलाडीहरु बाहिरिँदा सामाजिक सञ्जाल तातेको छ।

खेलाडीहरु आफ्नौ दैनिकी आवश्यताहरु पूरा गर्न नसकेर विदेशिनुपर्ने बाध्यता अवस्था आएको छ। 

तर, सरोकारवाला निकाय मौन छ। विदेश पलायन हुने चर्चित खेलाडीहरु रंजित धिमाल, पूर्व कप्तान सुजल श्रेष्ठ, जगदिश श्रेष्ठ, सञ्जोग राई, विवेक बस्नेत, एलेन न्यौंपाने, हेमन गुरुङ, दिलेन मोक्तान, राजेन्द्र राउल, विमल बस्नेत, अमिर श्रेष्ठ, विमल राणा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, अभिषेक रिजाल, सन्तोष तामाङ, सुजन लामा, दर्शन गुरुङ, सुमन अर्याल, आशिष लामा, तेज तामाङ, हेमन्त थापामगरलगायत ५० भन्दा बढी नामहरु छन्।

यिनीहरु त केवल प्रतिनिधि पात्र मात्र हुन्। कयौं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु हप्तैपिच्छे विदेश पलायन भईरहेको डरलाग्दो अवस्था खेलकुद वृत्तमा कसैबाट लुकेको छैन।

हामीले माथि उल्लेख गरेका खेलाडीहरु विदेश पलायन भइसकेका छन्। तर के राष्ट्रिय टोलीको जर्सीमा अहिले खेलिरहेका खेलाडीहरु खुसि छन् त? के उनीहरु आर्थिक रुपमा ढुक्क भएर खेलमा मात्रै ध्यान दिन सकिरहेका छन् त? पक्कै छैनन्। खेलाडीहरु आफ्नौ दैनिकी आवश्यताहरु पूरा गर्न नसकेर विदेशिनुपर्ने बाध्यता अवस्था आएको छ। 

खेलाडीहरुका लागि अभिभावकका रुपमा जिम्मेवारी निर्वाह गरिरहेको राखेप आफ्ना खेलाडीहरु विदेशीरहेको टुलुटुलु हेरिरहेको छ। खेलाडीहरुका लागि अभ्यास गर्ने भौतिक पूर्वाधारको पनि अभाव रहेको छ। सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन्। भविष्यको प्रत्याभुत नभएकाले नै धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका छन्। यो बढ्ने क्रममै छ।

नेपाली खेलकुद क्षेत्रमा खेलाडीहरु रहर र बाध्यताको बीचबाट विकल्प खोजिरहेका छन्। जसमा सबैभन्दा ठुलो फ्याक्टर पैसा नै बनेर निस्किएको छ यसमा कुनै दुईमत छैन। विश्व फुटबलको समेत उदाहरण हेर्नुपर्दा, क्रिष्टियानो रोनाल्डो, लियोनल मेसी र नेयमार जस्ता महान खेलाडी पनि पैसाकै लागि साउदी र अमेरिका रोजिरहेका छन्। 

यी स्टार खेलाडीहरुले युरोप बाहेक ती राष्ट्रहरुका साना क्लबहरुमा जोडिने अन्य कारण पनि पक्कै होलान त मुख्य कारण भने पैसा र बढ्दो उमेर नै हो।अझै पनि नेपाल सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्न आवश्यक कदम नचाल्ने हो भने अवस्था अझै भयावह हुन सक्ने प्रष्ट देखिन्छ।

विदेश पलायन हुने चर्चित खेलाडीहरु रंजित धिमाल, पूर्व कप्तान सुजल श्रेष्ठ, जगदिश श्रेष्ठ, सञ्जोग राई, विवेक बस्नेत, एलेन न्यौंपाने, हेमन गुरुङ, दिलेन मोक्तान, राजेन्द्र राउल, विमल बस्नेत, अमिर श्रेष्ठ, विमल राणा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, अभिषेक रिजाल, सन्तोष तामाङ, सुजन लामा, दर्शन गुरुङ, सुमन अर्याल, आशिष लामा, तेज तामाङ, हेमन्त थापामगरलगायत ५० भन्दा बढी नामहरु छन्।

खेलाडीहरुले नियमित प्रतियोगिता र आवश्यक पूर्वाधार बिनाको तयारीमा न आफ्नो लागि केही सम्झन लायक प्रदर्शन गर्न सक्छन् न त राष्ट्रका लागि नै। खेलाडीको भविष्य सुनिश्चित छ भनेर सरकारले जबसम्म प्रत्याभूति गराउन सक्दैन र खेलाडी पलायन रोक्न सरकारले योजना बनाउन सक्दैन त्यो बेलासम्म खेलाडी पलायन हुने अवस्था रोकिँदैन।

Logo