११ असार २०७९ शनिबार
1
1
1
1

सनराइज बैंक र जिएमइ रेमिटेन्सबीच सम्झौता

1
1
1
1

काठमाडौं ।
सनराइज बैंक र जिएमइ रेमिटेन्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिटेन्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्पmत पठाएको रकम जिएमइ रेमिटेन्सका नेपाल अधिराज्य भर रहेका ८ हजार भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सन्राइज रेमिट मार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: २९ फागुन २०७६ ०९:५६ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी