काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट सुरु गर्न सकिनेछ ।
यस मुद्दती योजना अन्र्तगत ग्राहकले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै यस योजना अन्र्तगत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन हुँदैन । यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
प्रकाशित: २९ फागुन २०७६ १८:३९ बिहीबार