इजरायली पक्षसँग समन्वय गर्ने सरकारको निर्णयः शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने

इजरायली पक्षसँग समन्वय गर्ने सरकारको निर्णयः शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने


परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । 

सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेकाे हाे । ‘बैठकले थाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेको छ ।’ परराष्ट्रमन्त्रीको सचिवालयले भनेको छ । 

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कामहरु गर्नेछ ।

इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाइसकेको छ । शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको पनि बताइएकाे छ ।

Logo