११ असार २०७९ शनिबार
1
1
1
1

आज सुनको मूल्य प्रतितोला २ हजारले घट्यो

1
1
1
1

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँ घट्दै ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । एक हप्तामै ७ हजार २ सयले घटेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

प्रकाशित: ४ चैत २०७६ ११:२० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी