१४ माघ २०७८ शुक्रबार

शेयर बजारमा ४४ अंकको गिरावट

काठमाडौं ।

मंगलबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले १ घण्टा कारोबारको समय बढाए पनि शेयर बजारमा रौनक आउन सकेन ।

मंगलबार ५ घण्टा कारोबार हुँदा नेप्से ४४.३३ अंकले घटेर १२७२ बिन्दुमा रोकिएको छ ।

यस अवधिमा १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६ सय ५६ रुपैंयाँ बराबरको कारोबार भएको छ भने ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच भएको छ । मंगलबार म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको कारोबारमा गिरावट आएको छ ।

प्रकाशित: ४ चैत २०७६ १६:५६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी