आरती शाहका परिवारकाे धर्ना जारी, प्रहरीले अपराधी संरक्षण गरेको आरोप

आरती शाहका परिवारकाे धर्ना जारी, प्रहरीले अपराधी संरक्षण गरेको आरोप


मृतक आरती शाहका परिवारले प्रहरी प्रशासनले आफूहरूलाई न्याय दिने ठाउँमा अपराधीको संरक्षण गरेको आरोप लगाएका छन् । 

शनिबार माइतीघरमा धर्ना बसिरहेका आरती शाहका बुवा, आमा र भाइसमेतलाई प्रहरीले कुटपिट गर्दै अनामनगर प्रहरीवृत्तमा लगेको भन्दै उनका मामा सन्तोष कुमार शाहले आफूहरुलाई न्याय दिनुपर्ने प्रहरीले नै असहयोग गरेको आरोप लगाए ।  पत्रकार सम्मेलन गरी उनले आफूहरुलाई गत बुधबार ५ जना गुण्डाहरूले हमला गरेको भन्दै उक्त हमलामा प्रहरी प्रशासनको पनि संलग्नता रहेको आरोप लगाए । 

आरतीको हत्यालाई र हामीमाथि भएको दमन र यातनालाई लुकाउन प्रहरीले आरतीको परिवारलाई लगेको दाबी समेत गरे । ‘बिहान आरतीका बुवा ,आमा र भाइ समेतलाई प्रहरीले कुटपिट गर्दै अनामनगर प्रहरीवृत्तमा आरतीको हत्यालाई र हामी माथि भएको दमन र यातनालाई छुपाउन यो काम उनीहरुले गरिरहेको छ ।’ उनले भने, ‘हामीलाई अस्ति बुधबार पनि ४ जना गुण्डाहरुलाई पठाएर हमला गरिएको थियो । त्यसमध्ये एकजनाको मोबाइल झरेको थियो त्यो आर के सिंह डिएसपीलाई बुझाइएको थियो त्यो अनुसन्धान नि गर्नुभएको छैन् । त्यो गुण्डाहरुमा पनि पुलिस प्रशासनको संलग्नता देखिन्छ । त्यो समयमा यहाँ सुरक्षामा बस्ने सुरक्षाकर्मीलाई अन्नपूर्ण अस्पतालमा केही काण्ड भयो भनेर पठाएर हामी माथि हमला गरियो ।’ 

त्यस्तै, वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले राज्यले पीडित पक्षलाई सघाउनु पर्ने ठाउँमा झुक्याउने काम भएको टिप्पणी गरे । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक हप्तामा सबै समाधान गर्छु भन्ने बाचा दिएर गएर एक हप्ता बितिसक्दा पनि केही नगरेको भन्दै पीडितलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले भने,‘उहाँको हत्या हो कि आत्महत्या भन्ने विषयमा राज्यले सघाउनुपर्ने ठाउँमा झन् उहाँहरुमाथि पीडितलाई झुक्याउने काम गरेको छ । नारायणकाजी जी ले एक हप्तापछि उहाँहरूको कुरा हामी सुन्छौं । उहाँहरुको रिपोर्ट हेरेर म केही गर्छु भन्नुभएको थियो । उहाँको विश्वास ग¥यौं । तर केही भएन एक हप्तामा । गृह मन्त्री ज्यू गरेको के हो ?’
 
विगत १२१ दिनदेखि मृतक आरती साहको परिवार न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसी रहेका थिए। आज बिहानै करिब ८ बजेमाथिको आदेश भन्दै प्रहरीले आरती साहका बुवा,आमा र भाइ समेत लाई कुटपिट गर्दै अनामनगर प्रहरीवृत्तमा लगिएको छ । 

Logo