एमाले मधेस प्रदेश कमिटीले भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने

एमाले मधेस प्रदेश कमिटीले भूकम्प पीडितलाई ३ लाख सहयोग गर्ने


नेकपा एमाले मधेस प्रदेशले भूकम्प पीडितका लागि ३ लाख सहयोग गर्ने भएको छ । गएराती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेस प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरिएको हो । 

जाजरकोट रूकुमलगायतका जिल्लामा विनाशकारी भूकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि जनाएको छ । पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगंजमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेष कार्यक्रममार्फत पार्टीका तर्फबाट रु. ३ लाख सहयोग गर्ने निर्णय गरेको हो।

Logo