फाइनलमा अष्ट्रेलियासँग भारतले टस हार्‍याे

फाइनलमा अष्ट्रेलियासँग भारतले टस हार्‍याे


आयोजक टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा टस हारेको छ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिला ब्याटिङको निम्तो पाएको हो । 

अपराजित रहँदै फाइनलमा पुगेको भारत घरेलु मैदानमा तेस्रो उपाधी जित्न चाहन्छ । त्यस्तै, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया पनि छैटौं उपाधी जित्ने सोचमा छ । भारतले सेमिफाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए। सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो। यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ। 

भारतले यसअघि सन् १९८३ र २०११ मा उपाधी जितेको थियो भने अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधी जितेको थियो ।

Logo