मंसिर ४ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
बैंकिंग बजार
प्रकाशित: ४ मंसिर २०८० ०६:०७ सोमबार