1
1
1
1
1
0
Shares

लकडाउनपछि मात्रै गभर्नर नियुक्ति

1
1
1
1
1
1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ती लकडाउन सकिएपछि मात्रै हुने भएको छ ।

ढिलो गरी गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाएको सरकारले लडठाउन पछि मात्रै गभर्नर नियुक्ति गर्ने जनाएको हो । गभर्नर नियुक्ति समितिका संयोजक अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनपछि मात्रै गभर्नर नियुक्ति गर्ने बताएका छन् ।

सरकारले अर्थमन्त्री डा.खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा पूर्व अर्थसचिव कृष्णहरी बाँस्कोटा र पूर्व गभर्नर बिजयनाथ भट्टराई रहेका छन् । समितिका सदस्य बास्कोटाले गभर्नर नियुक्ति सम्बन्धी कुनै प्रक्रिया अगाडी नबढेको बताए । ‘संभवतःलकडाउन पछि नै होला ।’ -बास्कोटाले भने ।

राष्ट्र बैंक ऐन २०५८ ले बहालवाला गभर्नर अवकाश हुनु भन्दा एक महिना अघि नयाँ गभर्नर नियुक्ती गरिसक्नु पर्ने व्यवस्था गरेको छ । तर सरकारले छनोट समिति बनाउन नसक्दा नयाँ गभर्नर नियुक्ति अझै हुन सकेको छैन ।

यहि चैत्र ५ गते डा.चिरन्जीबि नेपालले गभर्नरका रुपमा पाँच वर्षे कार्यकाल सकेर अवकास लिइसकेका छन् । सरकारले गठन गरेको सो समितिले अन्तिम तीन जनाको नाम गर्भनर नियुक्तिका लागि सिफारिस गर्ने र ती तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नरको रुपमा नियुक्ति गर्ने व्यवस्था छ ।

 

प्रकाशित: १८ चैत २०७६ १५:२९ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी