प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान अष्ट्रियातर्फ गएका छन्। इन्टरपोलको ९१ औँ महासभामा सहभागी हुन कुँवर नेतृत्वको टोली त्यसतर्फ गएका हुन्।अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्मइन्टरपोलको महासचिवालयले आयोजना गर्न लागेको कार्यक्रममा कुँवर सहभागी हुनेछन्।

इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामाइन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानमा भाग लिनेछ।

साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलले इन्टरपोलका  उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सो क्रममा विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ।

कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालकोराष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायवनिरीक्षक पुरुषोत्तम नेपालीइन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्ष, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठप्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे। कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्। 

Skip This
Logo