पोखरामा आठौं पर्वतारोहण महोत्सव आयोजना हुँदै

पोखरामा आठौं पर्वतारोहण महोत्सव आयोजना हुँदै


नेपाल पर्वतारोहण संघले डिसेम्बर ८ देखि १२ सम्म पोखराको रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा आठौं पर्वतारोहण महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सवमा अन्तर्क्रियात्मक कार्यक्रम, तस्बिर प्रदर्शनी, विभिन्न खेलकुद गतिविधि र सांस्कृतिक कार्यक्रम समेटिने जनाइएको छ । महोत्सवलाई एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (आईसिआईएमओडी) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालद्वारा प्रायोजन गरिएको छ ।

कार्यक्रम आयोजना गर्न एनएमएले हेल्भेटास, बर्ड कन्जर्भेसन नेपाल, गो बन्जी नेपाललगायत  संस्थाबाट पनि सहयोग प्राप्त हुने जनाइएको छ । महोत्सवमा हिमाली क्षेत्रमा लोकप्रिय छेलो, जिपलाइन, टग अफ वार, धनुर्विद्या लगायतका खेलहरु पनि आयोजना हुनेछन् । 

यसैगरी महोत्सवका अवसरमा गुरुङ समुदायमा प्रचलित गायन संस्कृति दोहोरीलाई प्रदर्शनी गरिने भएको छ ।

Logo