देश डुबिसक्याे, तर सरकार कानमा तेल हालेर बसेको छः अध्यक्ष ओली

देश डुबिसक्याे, तर सरकार कानमा तेल हालेर बसेको छः अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरितन्त्र चलिरहेको आरोप लगाएका छन् । 

बैतडीको झुलाघाट मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्र कमजोर भएको र सिमा रक्षामा पनि चुकेको बताएका हुन् । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ प्रतित ब्याजदरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काडेर देश चलाउनु पर्ने नाजुक अवस्थामा पुगेको उल्लेख गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुषखोरी, कमिशनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’ 

अध्यक्ष ओलीले सत्ता गठबन्धन दलहरुले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाएका छन् । 

दुनियाँमा हाम्रो भन्दा विकट भूगोल भएका देशहरु छन्, भु–परिवेष्टित देशहरु छन्, उजाड भूगोल भएका देशहरु छन् तर विकास र समृद्धीका हिसाबले निकै राम्रो फड्को मार्दै गएका छन् उदारहण दिँदै उनले पहाडको स्थिती के कस्तो रहेछ ? हामीले निर्माण शुरु गरेका राजमार्ग, बनाएका बाटाहरु, हामी बनाएका पुलपुलेसा, कृषिको आधुनिकिकरण, हामीले अघि बढाएका विकास काम कस्ता रहेछन् ? भन्ने स्थलगत अनुगमन र नयाँ कामका सम्भावनाका बारेमा स्थानीयसँग छलफल गर्नका लागि यो अभियान शुरु गरेको बताए । 

Logo