१४ माघ २०७८ शुक्रबार

एनआईसी एशिया बैंकको वर्ल्ड रेमिट र ओर्विट रेमिटसँग सम्झौता

काठमाडौं ।
वर्ल्ड रेमिट र ओर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको छ ।

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ शहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र ओर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ । कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो ।

जसबाट ग्राहक महानुभावहरूले लकडाउनको समयमा घरबाट बाहिर नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नुहुन्छ । यस योजनाले विदेशमा रहेका नेपाली महानुभावहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नुहुनेछ । यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट वर्ल्ड रेमिट र ओर्विट रेमिटमार्फत घरमै बसी एनआईसी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछ :

World Remit बाट रकम पठाउनको लागि ।
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले World Remit बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।
३.यसको साथै ( https://www.worldremit.com/en/stories/story/ 2020/04/01/sending-receiving-money-covid-19) मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सक्नुहुनेछ ।
४. World Remit बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3 FREE प्रोमो कोड प्रयोग गनुपर्नेछ ।
५. World Remit बाट ग्राहक महानुभावहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

Orbit Remit बाट रकम पठाउनको लागि ।
१. https://www.orbitremit.com/nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।
२. रकम पठाउदा कुनै समस्या भएमा Orbit Remit को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।
३. Orbit Remit बाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर नि:शुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।
४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

 

 

प्रकाशित: २६ चैत २०७६ १६:५० बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी