सुपर लिगमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुँदै

सुपर लिगमा आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुँदै


नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ। 

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र दुई अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १-० गोलले पराजित गरेको हो। 

Logo