२४ साउन २०७९ मंगलबार
1
1
1
1

पेट्रोलियम पदार्थको मूल्य यथावत्

1
1
1
1
1

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

विहिबार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५/१५ दिनमा समायोजन गर्दै आएको छ । कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ । लकडाउनमा अत्यावश्यक बाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।रासस

प्रकाशित: ५ बैशाख २०७७ ०८:०३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी