२३ असार २०७९ बिहीबार
1
1
1
1

पेट्रोलियम पदार्थ बिक्रीमा ८० प्रतिशतले कमी

1
1
1
1

काठमाडौं ।

सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारी साधन नचल्दा पेट्रोल र डिजेलको विक्रीमा ८० प्रतिशतले कमी आएको हो ।

नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा पेट्रोल र डिपोको मौज्दात पूरा छ । उक्त डिपोको भण्डारण गर्ने डिजेल ट्याङ्कीमा दुई करोड लिटर डिजेल मौज्दात छ । त्यस्तै पेट्रोल ट्याङ्कीको क्षमता १९ लाख लिटर रहेको र त्यसमा १८ लाख लिटर पेट्रोल रहेको डिपोले जनाएको छ । बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटर मात्र बिक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले बताए । अहिले रक्सोलबाट पाइपलाइनमार्फत आउने डिजेलको काम पनि रोकिएको उनले जानकारी दिए ।

ट्याङ्कीको क्षमता जति छ, त्यति डिजेल मौज्दात रहेकाले पाइपलाइनबाट डिजेल ल्याउने काम बन्द गरिएको छ । राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत पर्याप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ । अहिले गहुँ काट्ने, खेत जोत्ने, बीउबिजन लगाउने र सिँचाइ गर्ने समय भएकाले ग्रामीण क्षेत्रमा डिजेलको बिक्री बढेको प्रमुख रेग्मीले बताए ।

अमलेखगञ्ज डिपोबाट विराटनगर तथा भैरहवा डिपोमा समेत डिजेल पठाइने गरिएको छ । आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मौज्दात पूर्णरूपमा रहेको छ । कार्यालय प्रमुख अशोक साहका अनुसार डिपोमा डिजेल ८० लाख लिटर तथा पेट्रोल नौ लाख ६० हजार लिटर रहेको छ । त्यस डिपोबाट डिजेल र पेट्रोल आइतबार र बिहीबार बिक्रीवितरण हुने गरेको छ । पम्पबाट सरकारी गाडी पास भएका मोटरसाइकल ट्रयाक्टर तथा ढुवानीको गाडीले खरिद गर्ने गरेको पम्प व्यवसायीहरु बताउँछन् । नेपाल आयल निगम भैरहवा डिपोमा पनि पेट्रोलियम पदार्थको मोज्दात पूरा रहेको सो डिपोले जनाएको छ ।
रासस

प्रकाशित: ७ बैशाख २०७७ १५:०९ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी