अर्थ संसार प्रदेश ३

एनआईसी एशिया बैंकले व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने

15 Shares

काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना लगायतका गतिविधि बन्द रहेको अवस्थालाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहक महानुभावहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ । धेरै समयको लकडाउनका कारण एनआईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको छ । ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई ईमेल मार्फत निम्न प्रकृया अपनाई सहज रुपमा क्युआर कोड प्रदान गर्ने भएको छः

सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ । उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एनआईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्नेछ । बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्युआर कोड प्रदान गर्न भर्नु पर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत प्रदान गर्नेछ ।

व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरि सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत जानकारी गर्नुपर्नेछ । त्यसपछि बैैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्युआर कोड प्रदान गर्नेछ । साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त क्युआर कोड स्वयम् प्रिन्ट गरी ग्राहक महानुभावहरूसँग मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले ०७६ चैत्र ९ गतेबाट मोबाइल बैंकिङ्गबाट गर्न सकिने भुक्तानी कारोबारको अधिकतम सीमा बढाएसँगै ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्गबाट प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्म कारोबार गर्न सक्नेछन् ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहक महानुभावमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न उत्प्रेरित गर्दछ । जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहकहरूलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९०१२२७७५५, एसएमएसः ३४४८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित: ७ वैशाख २०७७ १८:४४ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी