सनी लियोनीले खोलिन् रेष्टुरेन्ट

सनी लियोनीले खोलिन् रेष्टुरेन्ट


पोर्न सिने उद्योगलाई छाडेर बलिउडको अभिनयमा स्थापित अभिनेत्री सनी लियोनी अब व्यवसायी भएकी छन् । उनले भारतको नोएडास्थित गुलशन वन २९ मा सिंगिङ बाउल्स हस्पिटालिटीका साहिल बावेजाका साथ मिलेर ‘चिका लोका बाय सनी लियोनी’ रेष्टुरेन्ट सुरु गरेकी छन् ।

‘चिका लोका त्यो स्थान हो, जहाँ मानिसहरु आफूलाई ग्ल्यामरमा डुबाउन सक्छन् र पूर्ण रुपले सहज महसुस पनि गर्न सक्छन् । म देखाउन चाहन्छु कि पाहुनाहरु आफ्नो मनपर्ने कलाकार र कक्टेलसँग इन्जोय गर्न सकुन्,’ सनीले भनिन् ।

७ हजार वर्ग फुटमा फैलिएको शेफ वैभव भार्गवद्वारा सजाइएको फ्ल्यागशिप आउटलेटमा इन्डियन, एसियन, मेक्सिकन र इटालियन कुनिजको मिश्रणका साथ ग्लोबल फ्लेवर्स अफर गरिएको छ । यसका साथै पोशन्स बाय सनी लियोनीले उनको बलिउड र यात्राबाट प्रेरित युनिक ककटेल प्रस्तुत गर्दछ ।

सनीको चिका लोकामा स्टेज, बार, र टेरेसका साथ एक शानदार भेन्यु छ, जुन निकै सुन्दर छ । गोवा, हैदराबाद र मुम्बईसम्म विस्तार गर्ने योजनाका साथ सनीको गेष्ट्रोनोमिक भेन्चर २२ जनवरीमा सुरु हुँदैछ ।

Logo