काठमाडौं ।
एसिया क्षेत्रमा कार्गो उडानको लागि निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलायन्सले अनुमति पाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलायन्सका दुइटा बमबार्डियर सीआरजे–२०० र दुइटा बमबार्डियर सीआरजे–७०० विमानलाई पूर्वी एसिया, दक्षिण एसिया र मध्यपूर्वी क्षेत्रमा कार्गो उडानको अनुमति पाएको छ। अनुमति पाएसँगै एयरलाइन्सले यी क्षेत्रका कुनै पनि मुलुकबाट कार्गो बोक्न पाउने अनुमति दिएको प्राधिकरणले जनाएको छ।
अनुमति पाएसँगै एयरलाइन्सको एउटा सीआरजे विमान बिहीबार स्वास्थ्य सामाग्री लिन सिंगापुर जाने श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए । उनका अनुसार एयरलाइन्स नेपालबाट सिंगापुरसम्म उड्दा ७ वटा मुलुकहरुको आकाशको रुट अनुमति लिनुपर्ने भएकोले जहाज ल्याण्डिङका लागि अनुमति पाउन बाँकी रहेको छ । उनले भने, ‘ल्याण्डिङका लागि पनि बुधबार साँझसम्म अनुमति पाउँछौं ।’
प्रकाशित: १० बैशाख २०७७ १५:५९ बुधबार