जन्म कैदको सजायमा माफी दिने श्रीलंकन पूर्वराष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो

जन्म कैदको सजायमा माफी दिने श्रीलंकन पूर्वराष्ट्रपतिको निर्णय अदालतले उल्ट्यायो


श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले हत्याका आरोपीलाई आममाफी दिने निर्णयलाई उल्टाएको छ। सर्वोच्च अदालतको फैसला सन् १९७८ मा राष्ट्रपति शासन लगाएपछिको पहिलो यस्तो मुद्दा हो। सन् २०२१ मा गोटाबायाले हत्याकाण्डमा सजाय पाएका आफ्ना नजिकका राजनीतिक सहयोगी डुमिन्डा सिल्भाको सजाय माफ गरेका थिए।

सन् २०११ मा राजनीतिक प्रतिद्वन्द्वी भरत लक्ष्मण पे्रमचन्द्रको हत्यामा दोषी डुमिन्डा सिल्भालाई मृत्युदण्डको सजाय सुनाइएको थियो। महिन्दा राजापाक्षेको राष्ट्रपतिको समयमा, दोषी डुमिन्डा सिल्भा र प्रेमचन्द्र कोलम्बोको उपनगर कोलोन्नावामा चुनावी प्रतिष्पर्धामा थिए। 

यसै क्रममा अदालतले दोषी ठहर गरेका प्रेमचन्द्रलाई सिल्भाले गोली हानेर हत्या गरेका थिए। सन् २०१९ मा महिन्दा राजापाक्षेले राजीनामा दिएपछि गोटाबाया श्रीलंकाको राष्ट्रपति बनेका थिए। गोटाबायाले आफ्नो कार्यकालमा सिल्भाको मृत्युदण्डको सजाय माफी दिएका थिए।

मृतक प्रेमचन्द्रको परिवारले सजाय माफीको विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। बुधबार मुद्दाको सुनुवाइ गर्दै तीन सदस्यीय इजलासले गोटाबाया राजापाक्षेले सजाय माफी गर्नुको कारणबारे खुलाउन नसकेको बताए। 

उनीहरुले कार्यविधि अनुसार काम गर्न सकेनन्। उल्लेखनीय छ कि श्रीलंकाको संविधानको धारा ३४ अन्तर्गत, श्रीलंकाका राष्ट्रपतिलाई निर्धारित प्रक्रिया अन्तर्गत सजाय माफी गर्ने अधिकार छ।

आरोपी डुमिन्डा सिल्भालाई उच्च अदालतले मुद्दामा दोषी ठहर गरेको थियो, पछि सर्वोच्च अदालतले त्यसलाई कायम राख्यो। सिल्वाको सजाय माफी भएपछि गोटाबाया राजापाक्षेले उनलाई राज्य आवास प्राधिकरणको प्रमुखमा नियुक्त गरेका थिए।यद्यपि, आर्थिक अस्थिरताको बीचमा गोटाबाया राजापाक्षेले जुलाई २०२२ मा जनविद्रोहबाट अपदस्त भएका थिए।

Logo