२३ असार २०७९ बिहीबार
1
1
1
1

'राष्ट्र बैंकले अर्काे राहत पनि ल्याउँछ'-गभर्नर अधिकारी

1
1
1
1

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनरुत्थानका लागि अर्काे राहत प्याकेज ल्याउने बताएका छन् ।

गभर्नर अधिकारीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको भिडियो कन्फरेन्समा बोल्दै अर्काे राहत प्याकेज ल्याउने बताएका हुन् । अधिकारीले कोरोनाका कारण मुलुकको अर्थतन्त्र निकै प्रभावित भएकाले त्यसको विस्तृत अध्ययन गरेर अर्काे राहत प्याकेज ल्याउने बताए । ‘अहिलेसम्म दुई राउण्डको जे जति प्याकेज आएको छ, यो सबै कुरा होइन, ’हामीले अर्थतन्त्र पुनरुत्थानका लागि धेरै कुरा सोच्नु पर्नेछ ।’ उनले भने ।

राष्ट्र बैंकले दुई पटक गरी ल्याएको राहतले तत्कालको समस्या कम गर्ने गभर्नर अधिकारीको भनाइ थियो । कोरोना संक्रमणका कारण यतिबेला हरेक व्यक्ति, परिवार, बैंक क्षेत्र सबै वित्तीय क्षेत्रमा उत्तिकै असर परेको भन्दै विस्तारै समाधान गर्दै जानु पर्नेमा उनको जोड थियो ।

त्यस्तै, उनले वैदेशिक रोजगारी प्रभावित भएकाले रेमिट्यान्स पनि बन्द हुन सक्ने बताए । रेमिट्यान्समा कमी आएसँग विदेशी मुद्रा र तरलतामा प्रभाव पर्ने उनको भनाइ थियो । राष्ट्र बैंकले यस अघि नै १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्न सक्ने आँकलन गरेको छ । पछिल्लो समय लगातार रुपमा रेमिट्यान्सको बृद्धिदर घटिरहेको छ । लकडाउन लम्बिएसँगै व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र झन प्रभावित हुने उनको भनाइ थियो ।

प्रकाशित: २० बैशाख २०७७ ०९:५९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी