1
1
1
1
1
0
Shares

राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने

1
1
1
1
1
1
1
1

काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) बीच ब्याजदरमा एकरुपता गर्ने सहमति भएको छ ।

बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा बैशाख १७ गते सहमति पत्रमा हस्ताक्षरसमेत गरेका थिए । दुवै संस्थाबीच वित्तिय सहकारीको स्थायित्व र दिगो संचालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको थियो ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सरोकारवालाहरुसँग भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबि उप्रेतीले बैंक र नेफ्स्कूनका देशभरिका सबै शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाइ थियो । तरलता ब्यबस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ । यसले नमुना परियोजना सञ्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए । त्यसैगरी, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यदलको प्रतिबेदन आएपछि बैंकसँग दीर्घकालीन सहकार्य गरिने बताए । बिषयका आधारले यात्रा केही फरक रहे पनि बैंकसँग अन्तर्बिरोध नरहेको उनको भनाइ थियो ।

दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तिय संकट टार्न, नेपालको सहकारी अभियानलाई ब्यवस्थित र ब्यवसायीक बनाउन सहकार्य गर्ने जनाएको छ । सहकार्य गर्नका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदल समेत गठन गरेको जानकारी दिए । कार्यदलका संयोजक चन्द्र ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए ।

प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाइ थियो । यो जोखिमपूर्ण काम भएपनि सहकारीको दिगो ब्यबस्थापनका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले वित्तीय प्रोडक्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए । सहकार्य पश्चात बैंकको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिने छ । कार्यदलले बैशाख २७ गतेसम्म प्रारम्भिक प्रतिबेदन तयार गर्ने जनाइएको छ ।

तरलता ब्यबस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैंयाँ जम्मा गरेको बताए । कोरोनाले नेपालसहित बिश्व नै संकटमा गुज्रिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरुको भनाइ छ ।

प्रकाशित: २४ बैशाख २०७७ १७:५१ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी