४ जेठ २०७९ बुधबार
1
1
1
1

बजेटमाथि निजी क्षेत्रको सुझाव : अर्थतन्त्र पुर्नउत्थान गर्न राहत प्याकेज ल्याउनु पर्ने

1
1
1
1
1
1

काठमाडौं ।
निजी क्षेत्रका व्यवसायीले कोरोनाले शिथिल बनाएको अर्थतन्त्रलाई पुर्नउत्थान गर्न राहत प्याकेज ल्याउनु पर्ने सरकारलाई सुझाव दिएका छन् । निजी क्षेत्रका व्यवसायीक संगठनहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतले आगामी बजेटमा कोरोनाबाट प्रभावित व्यावसायहरूलाई आर्थिक पुर्नउत्थान गर्न राहत प्याकेज ल्याउनु पर्ने सुझाव दिएका हुन् । व्यवसायीहरुले संसदको अर्थ समितिलाई यस्तो सुझाव दिएका हुन् ।

व्यावसायीहरुले मौद्रिक, श्रम तथा रोजगार, विद्युत र नीतिगत सुधार गर्नुपर्ने सुझाव दिएका छन् । व्यवसायीहरुले बैंकको ब्याजदर पाँच प्रतिशत घटाउनु पर्ने माग राखेका छन् । त्यस्तै १ अर्बको पुनर्कर्जा कोषबाट ३ वर्ष सुविधा दिनुपर्ने तथा सो पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत हुनुपर्ने, यसलाई सम्बन्धित बैंकले स्प्रेडबाट मिलान गरी कर्जा उपलब्ध गराउनु पर्ने लगायतका माग गरेका छन् । त्यसैगरी, श्रम तथा रोजगारतर्फ श्रम ऐन ०७४ मा समेत विषम परिस्थितिमा श्रमिकलाई जगेडामा राख्न सक्ने र जगेडामा रहेको श्रमिकलाई पाउने पारिश्रमिकको आधा रकम दिन पाउने कानूनी व्यवस्था भएकाले श्रमिकलाई लकडाउन अवधिका लागि अधिकतम ५० प्रतिशतसम्म पारिश्रमिक भुक्तानी गर्न पाउनु पर्ने, प्रतिष्ठान स्तरमा प्रत्येक दुई दुई वर्षमा हुने सामुहिक सौदाबाजी (सीबीए) मा एक वर्षका लागि स्थगित गरी आगामी चैत मसान्तसम्मको अवधिमा सामुहिक सौदाबाजी सम्झौता नहुने व्यवस्था गर्न माग गरेका छन् ।

त्यस्तै, सबै उद्योगका लागि ५ प्रतिशत रिफाइनान्सिङको व्यवस्था गरी २ वर्षका लागि किस्ताबन्दी सुविधा तथा विद्यमान अवस्थामा ऋण र शेयर पूँजीको मिश्रण सम्बन्धमा भएको व्यवस्थालाई परिमार्जन गरी आगामी २ वर्षलाई छुट दिन माग गरेका छन् । त्यसैगरी, घाटामा रहेका उद्योगलाई वाच लिस्टको समय ५ वर्षसम्म पुर्याउने, ऋणको साँवा ब्याज भुक्तानीको सम्बन्धमा सरकारले गरेको निर्णयको समयसीमा स्पष्ट नभएको र समयसीमा स्पष्ट गरेपछि एक हप्ताको समय दिएर १० प्रतिशत छुट दिन पनि माग गरेका छन् । त्यसैगरी, चार महिनाको लागि विद्युत डिमाण्ड चार्ज मिनाहा, बिजुलीको महसुल तिर्ने समयसीमा चार महिनाका लागि पछाडि सार्नु पर्ने तथा महसुलमा १५ महिनासम्म २० प्रतिशत छुट दिन माग गरेका छन् ।

प्रकाशित: २६ बैशाख २०७७ १३:१९ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी