अर्थ संसार प्रदेश ३

हेटौंडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा

हेटौंडा ।
हेटौंडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् ।

अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित भएर उत्पादन गरिरहेको बताइएको छ । कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका व्यवस्थापन कार्यालयका व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।

उनले भने, “हामीले उद्योगलाई सुरक्षा विधि अपनाएर सञ्चालन गर्न भनेका छौं तर कच्चा पदार्थ, बजार र ढुवानीलगायतका समस्याका कारण सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” जनशक्तिको पनि अभाव रहेको व्यवस्थापक कँडेलको भनाइ छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्योग सञ्चालनमा कठिनाइ हुने उनले बताए ।

उनका अनुसार औद्योगिक क्षेत्रमा रहेका १४९ उद्योगमध्ये १०८ मात्र चालू अवस्थामा रहेका भए पनि १५ मात्र अत्यावश्यक सामग्री उत्पादन गर्ने कारणले बन्द नभएका र हाल थप १५ उद्योग सञ्चालनमा आएका हुन् ।रासस

प्रकाशित: २८ वैशाख २०७७ ०८:११ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी