११ असार २०७९ शनिबार
1
1
1
1

कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको

1
1
1
1

काठमाडौं ।

मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी योगदान बागमती प्रदेशले गरेको देखिएको छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा बागमती प्रदेशले ३५ दशमलव ८४ प्रतिशत योगदान गरेको छ । केन्द्रीय तथ्यांक विभागले मंगलबार जारी गरेको तथ्यांकले यस्तो देखाएको हो ।

विभागले बागमती प्रदेशको मुलुकको कुल ग्रार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ रहेको अनुमान गरेको छ । बागमतीको जीडीपी यो वर्ष घटेर १.८१ प्रतिशतमा संकुचन आउने विभागले आँकलन गरेको छ । विभागले मुलुकको जीडीपीको आकार ३७ अर्ब ६७ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ ।

त्यसैगरी, मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा कर्णाली प्रदेशले सबैभन्दा कम योगदान गरेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार यस प्रदेशले कुल ग्रार्हस्थ उत्पादनमा ४.२७ योगदान गरेको छ । विभागका अनुसार उपभोक्ता मूल्यमा १ खर्ब ६१ अर्ब रुपैंयाँ हुने अनुमान गरेको छ । यस क्षेत्रको कुल ग्रार्हस्थ उत्पादन घटेर ३.५८ प्रतिशतमा संकुचन हुने विभागले अनुमान गरेको छ । यस क्षेत्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३४.१९ प्रतिशत छ ।

त्यसैगरी १ नम्बर प्रदेशले कुल ग्रार्हस्थ उत्पादनमा १५.८२ प्रतिशत योगदान गरेको छ । १ नम्बर प्रदेशको कुल ग्रार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ५ खर्ब ४४ अर्ब रुपंैयाँ रहेको विभागको तथ्यांकले देखाएको छ । यस प्रदेशमा पनि कृषिको योगदान सबैभन्दा बढी रहेकोे विभागले जनाएको छ । कृषि क्षेत्रको यागदान ३७.१४ प्रतिशत रहेको छ ।

सबैभन्दा कम योगदान खानी तथा उत्खननको ०.४७ प्रतिशत रहेको विभागले जनाएको छ । त्यसैगरी, प्रदेश नम्बर २ ले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा १३.७८ प्रतिशत योगदान हुने विभागको तथ्यांकमा भनिएको छ । यस क्षेत्रको कुल ग्रार्हस्थ उत्पादनको आकार उपभोक्ता मूल्यमा ५ खर्ब १९ अर्ब रुपैयाँ पुग्ने अनुमान विभागले गरेको छ । विभागले यस क्षेत्रको कुल ग्रार्हस्थ उत्पादन घटेर २.२८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । यसक्षेत्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको रहेको छ । कृषि क्षेत्रको योगदान ४० प्रतिशत रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेशले कुल ग्रार्हस्थ उत्पादनमा ८.९० प्रतिशत योगदान गरेको छ । यसक्षेत्रको कृषिमा योगदान २९.९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नम्बर ५ ले कुल ग्रार्हस्थ उत्पादनमा १४.१८ प्रतिशत योगदान गरेको उल्लेख छ । यस क्षेत्रमा कृषिको योगदान ३३.८६ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै, सुदुरपश्चिमले कुल ग्रार्हस्थ उत्पादनमा ७.२१ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा पनि सबैभन्दा बढी ३६.८२ प्रतिशत योगदान कृषिको रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित: ३० बैशाख २०७७ १७:५९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी