1
1
1
1
1
0
Shares

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ गरिने

1
1
1
1
1
1
1
1

काठमाडौं ।
सरकारले  निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ सुरु गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिने बताएकी हुन् ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थललाई बुटिक एयरपोर्टको रुपमा रुपान्तरण गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यससँगै सरकारले आन्तरिक उडानको लागि थप २ वटा विमानस्थल निर्माण गर्ने भएको छ । यस्तै तेह्रथुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपर्युक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने तथा भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष नयाँ विमानस्थल निर्माण कार्य सुरुसँगै थप ३ वटा आन्तरिक विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने जानकारी दिइन् ।

प्रकाशित: २ जेठ २०७७ १८:२५ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी