1
1
1
1
1

लकडाउनमा विद्युत् महसुल सङ्कलन गर्ने/ नगर्ने भन्नेमै विवाद

1
1
1
1
1
1

काठमाडौं ।

लकडाउनको समयमा सामाजिक दूरी कायम राख्दै स्वास्थ्य सर्तकता अपनाएर विद्युत् महसुल सङ्कलन गर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयलाई लिएर कर्मचारीका बीचमा विवाद देखिएको छ । प्राधिकरणका क्रियाशील कर्मचारीको आधिकारीक ट्रेड युनियनले संस्थाको निर्णय अनुसार सम्पूर्ण सुरक्षा प्रबन्ध गरेर काम गर्न तयार रहेको बताइरहेका छन् । उनीहरु विपद्को समयमा व्यक्तिगत सुरक्षाका सम्पूर्ण उपाय अपनाएर काम गरिरहेको बताइरहेको बेला एकाध कर्मचारीले भने जोखिमपूर्ण तबरले काम लगाएको भन्दै विरोध गरेका छन् ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले अत्यावश्यक विद्युत् सेवा प्रवाहमा खटिने स्थायी, म्यादी, करार, ज्यालादारी र गोटा गन्तीका मिटर रिडर लगायतका कर्मचारीले सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्देशन बमोजिमका स्वास्थ्य सुरक्षाका विधि अनाएर सुरक्षित तबरले काम गर्न सबै कर्मचारी तयार भएको जनाएको छ । प्राधिकरणका क्रियाशील सबै ट्रेड युनियन र व्यवस्थापनबीच गत वैशाख २४ गते संयुक्त छलफलमा सहमति भएको थियो ।

सो छलफलका आधारमा प्राधिकरणले उत्प्रेरणात्मक सुविधा प्रदान गर्ने, सबै कर्मचारीलाई बिना भेद्भाव जोखिम भक्ता उपलब्ध गराउने, स्वास्थ्य बीमा गर्ने र आरडिटी तथा पिसिआर पद्धतिबाट स्वास्थ्य परीक्षण गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढेको आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले जानकारी दिए ।

प्राधिकरणमा क्रियाशील कर्मचारी सङ्घले भने विषम अवस्थामा कोरोनाका अति प्रभावित क्षेत्रमा समेत महसुल सङ्कलन काउण्टर खोलेको र कर्मचारीलाई जोखिमपूर्ण काम लगाएको भन्दै आपत्ति जनाएको छ । सङ्घका अध्यक्ष जनार्दन भट्टराईले सङ्क्रमण बढी भएका स्थानमा सावधानी नअपनाई बढी भिडभाड हुने गरी कर्मचारीलाई काममा लगाइएको भन्दै विज्ञप्तिमार्फत प्राधिकरणको काम गर्ने शैली गलत भएको जिकिर गरे ।

विद्युत् सेवा अत्यावश्यक सेवा भए पनि सङ्घले भने देशभर लकडाउन रहेको र अति आवश्यक सेवाबाहेकका सम्पूर्ण सरकारी कार्यालयका कामकाज बन्द गरिएको भन्दै महसुल सङ्कलन र मिटर रिडिङको काम गर्न नहुने दाबी गरेको छ । आधिकारिक ट्रेड युनियनका संयोजक पौडेलका अनुसार कर्मचारी उच्च मनोबलका साथ विद्युत् सेवा प्रवाहमा खटिएका कर्मचारीलाई भ्रमित पार्ने, विद्युत् महसुल सङ्कलन कार्यको विरोध गर्ने, कर्मचारीको मनोबल गिराउने, प्राधिकरणको लोगो अनाधिकृत प्रयोग गरी भाम्रक प्रचार गरेको भन्दै कोही कसैले पनि त्यस्तो कार्य नगर्न नगराउन आग्रह गरे ।

प्राधिकरणका कर्मचारीको हकहित र सुरक्षाका लागि आधिकारिक ट्रेड युनियन सदैव कटिबद्ध रहेको र प्रतिबद्धताका साथ लागि परेको जानकारी दिँदै संयोजक पौडेलले सङ्कटको समयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काम गर्न आफूहरु तयार रहेको बताए ।रासस

प्रकाशित: १३ जेठ २०७७ १२:०० मंगलबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी