1
1
1
1
1

न्युरोडका साना व्यवसायीहरु प्रदर्शनमा (भिडियाेसहित)

1
1
1
1
1
1

काठमाडौं ।

व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै न्युरोडका साना व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलो समेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनु पर्ने मागसहित सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफूहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।

उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको र आफूहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगर्ने र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफूहरु सबैभन्दा बढी समस्यामा परेको बताए । उनले रहरले नभई करले सडकमा प्रदर्शन गर्न आउनु परेको बताए ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले जेठ २२ गते देखि पसल खोलेका थिए । व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाई पसल खोल्न दिनुपर्ने माग सहित दवाव दिदै आएका छन् । तर सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि कुनै ठोस निर्णय भने गर्न सकेको छैन ।

 

प्रकाशित: २८ जेठ २०७७ १३:४३ बुधबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी