काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ । यो विहिबारकै मूल्य हो ।
बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । त्यस्तै तेजावी सुनको मूल्य आज ८९ हजार १६५ रुपैंयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा आज १५ रुपैयाँ घटेको छ । चाँदी तोलामा १५ रुपैंयाँ घटेर आज ९३५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।
सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन बुधबार ८८ हजार ६०० मा कारोबार भएको हो ।
प्रकाशित: ३० जेठ २०७७ ११:२८ शुक्रबार