२ जेठ २०७९ सोमबार
1
1
1
1

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

1
1
1
1
1
1

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । सुन आज प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । यो बुधबारकै मूल्य हो । सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।

बुधबार पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतहप्ता बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । चाँदीको मूल्य आज ५ रुपैयाँले वढेर प्रतितोला ९३५ मा कारोबार भइरहेको छ । लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।

प्रकाशित: ४ असार २०७७ ११:१४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी