संविधान संशोधन विधेयक बुधबारको बैठकमा पेस नहुने

संविधान संशोधन विधेयक बुधबारको बैठकमा पेस नहुने


काठमाडौं । संविधान संशोधन सम्बन्धी विधेयक बुधबारको प्रतिनिधि सभाको बैठकमा पेस नहुने भएको छ । संसद सचिवालयले तयार पारेको प्रस्तावित कार्यसूचीमा सो प्रस्ताव समावेश गरिएको छैन् ।

नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक बुधबार बस्ने प्रतिनिधि सभामा पेस गरिने बताइएको थियो । अ‌ाजकाे बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन  प्रस्ताव प्रस्तुत गर्ने उल्लेख गरिएको थियो। तर बैठकअघि कार्यसूचीबाट उक्त विषय हटाइएको छ ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावको आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत जेठ ७ मा नेपालको नयाँ राजनीतिक तथा प्रसाशनिक नक्सा सार्वजनिक गरेकी थिइन् । नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने प्रस्ताव गत शुक्रबार संसदमा दर्ता गरिएको थियो ।

Logo