१४ माघ २०७८ शुक्रबार

विद्युत क्षेत्रको पुनरूत्थान गर्न विश्व बैंकको १२ अर्ब १० करोड ऋण सहयोग

काठमाडौँ । विद्युत क्षेत्रको पुनरूत्थान गर्न विश्व बैंकले नेपाललाई १२ अर्ब १० करोड रुपैयाँ ( १० करोड डलर) ऋण सहयोग गरेको छ ।

बुधबार अर्थसचिव शिशिर कुमार ढुङ्गाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले सो ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । गत जेठ २१ गते बसेको विश्व बैंक बोर्डले विकास ऋण नीति अन्तर्गत कोरोना महामारीबाट प्रभावित नेपालको विद्युत क्षेत्रलाई माथि उकास्न ऋण सहयोग गर्ने जनाएको थियो ।

सोही निर्णय अनुसार विश्व बैंकले नेपाललाई सो ऋण उपलब्ध गराएको हो । विद्युत प्राधिकरण संघीय संरचनामा गएपछि जलविद्युतको अधिकतम उपयोग गरेर क्षेत्रीय विद्युत बजार सुधार गर्न र संघीय संरचनाअनुसार प्रदेश र स्थानीय सरकारअन्तर्गत प्राधिकरणको पुर्नसंरचना गर्न बैंकले ऋण सहयोग गरेको हो ।

विश्व बैंकले सो ऋण नीतिगत तथा संस्थागत सुधार र नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ऋण उपलब्ध गराएको हो । यो ऋण विश्व बैंकले गर्ने तीनवटा विकास ऋण सहयोगमध्ये दोस्रोे ऋण सहयोग हो ।

त्यस्तै, विश्व बैंकले कोरोनाका कारण अहिले निर्माण सामाग्री ढुवानीको अभावले काममा अवरोध भएको र नगद प्रवाहमा समस्या आएको तथा विद्युत माग घटेको जनाएको छ ।

प्रकाशित: १० असार २०७७ १८:१६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी