काठमाडौं ।
कोरोना कहरका कारण सरकारले गरेको लकडाउनपछि असार १५ गते खुलेको बजारमा एक दर्जन कम्पनीहरुको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा एभरेष्ट बैंक, एमएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक, नेपाल बंगलादेश बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स र नेपाल गुराँस लाइफ इन्स्योरेन्स कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको हो ।
कारोबार सुरु भएको करिब २ घण्टामा यी कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भइरहेको हो ।
कारोबार सुरु भएको लगभग २ घण्टामा २९ करोड २४ लाख ७९ हजार ५ सय ९९ रुपैँयाँ बराबरको कारोबार गरेको छ । यस अवधीमा ७ लाख ८९ हजार ८ सय ४० कित्ता शेयरको किनबेच भएको छ । यस अवधीमा नेप्से ३३.२४ प्रतिशतले घटेको छ ।
प्रकाशित: १५ असार २०७७ १४:१९ सोमबार