1
1
1

'अर्थतन्त्र पुरानै लयमा फर्कंदैछ'–अर्थमन्त्री

1
1

काठमाडौं ।

अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थतन्त्र विस्तारै पुरानै लयमा फर्किएको बताएका छन् ।

लामो समयपछि लकडाउन खुकुलो बनाएको र त्यसले अर्थतन्त्रलाई विस्तारै चलायमान गराएकाले अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् । उनले आर्थिक अवस्थामा सुधार आउँदा राज्यकोष पनि सहज बन्दै गएको जानकारी दिए ।

सरकारले असार १ गतेदेखि नीजि सवारीदेखि विभिन्न २१ प्रकारका उद्योग व्यवसाय खोल्ने निर्णय गरेको थियो । सो बेलादेखि अर्थतन्त्रले ८० प्रतिशत लय समातेको अर्थमन्त्री खतिवडाको दाबी छ । ‘हामीले लकडाउन खुकुलो बनाएपछि आर्थिक गतिविधिमा वृद्धि भएको छ । यदि साउनबाट आवत जावतमा थप सहज बनाए आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुन्छ । अर्थमन्त्री खतिवडाले भने । सरकारले धेरै महत्वपूर्ण काम गर्ने योजना बनाइरहेका बेला पछिल्लो ५ महिनादेखि संकट आएको भन्दै सरकारले सोचे अनुसारको काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित: १५ असार २०७७ १६:४३ सोमबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी