1

मौद्रिक नीतिः राष्ट्र बैंकले माग्यो सरोकारवालासँग सुझाव

1
1
1

काठमाडौं ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले बिहीबार सरोकारवालाहरुसँग सुझाव मागेको छ । राष्ट्र बैंकले वेबिनारमार्फत सरोकारवालाहरुसँग सुझाव मागेको हो । सो कार्यक्रममा बोल्दै होटल एसोशिएसन अफ नेपालकी अध्यक्ष सृजना राणाले पर्यटन क्षेत्रको ३ वर्षका लागि ब्याज पूँजीकरण गरिदिन माग गरिन् ।

त्यसैगरी, प्रशासनिक खर्चका लागि सहुलियतपूर्ण ब्याजमा ऋण दिने ब्यवस्था गर्न अध्यक्ष राणाको माग थियो । कोरोनाका कारण पर्यटन व्यवसायमा सबैभन्दा बढी क्षति पुगेको छ । यस क्षेत्रको पुनर्उत्थानका लागि ५० अर्बको पर्यटन उद्धार कोष बनाउन पनि उनले माग गरिन् । साथै ओभरड्राफ्ट र वर्किङ क्यापिटलको सीमा २० प्रतिशत पु¥याउनु पर्ने अध्यक्ष राणाको भनाइ थियो । बैंक ब्याजको स्प्रेड दरलाई ३ प्रतिशतमा झार्न उनले राष्ट्र बैंकलाई सुझाव दिएकी छिन् । त्यसैगरी विप्रेषण संघका अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्स कम्पनीहरु बढी भएकाले मर्जरमा जानुपर्ने बताएका छन् । रेमिट्यान्स कम्पनी ५० भन्दा धेरै भइसकेकाले मर्जरका लागि बाटो खोलिदिन राष्ट्र बैंकसँग माग गरेका छन् ।

त्यस्तै वालेटमा आधारित रेमिट्यान्समा जानुको विकल्प नभएको उनले बताए । साथै यसको लाइसेन्सिङमा राष्ट्र बैंकले विचार गर्नुपर्ने अध्यक्ष पोखरेलको भनाइ थियो । त्यस्तै, लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्सालले बैंक तथा वित्तीय संस्थाबाट लिइने विपन्न कर्जा आधार दरमै दिने ब्यवस्था मिलाउन राष्ट्रलाई सुझाव दिएका छन् । त्यस्तै, कर्जा सीमा १५ लाख रुपैयाँ पु¥याउनु पर्ने उनको माग थियो ।

नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले बजेटले पूरा गर्न नसकेको माग मौद्रिक नीतिबाट गर्नु पर्ने बताएका छन् ।

प्रकाशित: २५ असार २०७७ १६:४४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी