१५ माघ २०७८ शनिबार
1
1
1

बैंकका कर्मचारीले साउन १ गते पाउँदै आएको बोनस यो वर्ष नपाउने

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।
यसपाली कुनै पनि बैंकका कर्मचारीले साउन १ गते बोनस नपाउने भएका छन् । कोरोनाका कारण बैंकले पैसा उठाउन नसकिरहेकाले साउन १ गते नै कर्मचारीहरुले बोनस नपाउने भएका हुन् ।

हिजोका दिनहरुमा समय सामान्य भएकोले बैंकमा पैसा सहजै उठ्ने अवस्था थियो । तर अहिले कोरोना भाइरसका कारण पैसा उठ्छ कि उठ्दैन, कहिले उठ्छ भन्ने यकिन छैन । त्यसैले बोनस बाँड्न गाह्रो भएको बैंकर्स संघले जनाएको छ । नगदमा नआएको तथा पाकेको ब्याज आम्दानीलाई राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा लैजाने ब्यवस्था छ ।

साथै ऋण तिर्न समय दिए पनि त्यसको जोखिम बहनका लागि निश्चित प्रतिशत नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गराउने तयारी पनि राष्ट्र बैंकले गरेको छ । त्यसैले मौद्रिक नीति गर्नुपर्ने बाध्यता भएको बैंकर्सको भनाइ छ ।

साउन १ गते नै कर्मचारीलाई बोनस दिने चलन नबिल बैंकले सुरु गरेको थियो । त्यसपछि नबिल बैंकको सिको गर्दै अन्य बैंकले पनि कर्मचारीलाई साउन १ गते निश्चित समयको बोनस दिँदै आएका थिए ।

आर्थिक बर्ष सकिएको भोलिपल्ट बैंकहरुले कर्मचारीलाई निश्चित अवधिको बोनस खातामा हाल्दिने चलन थियो । बैंकले अघिल्लो दिन उठेको पैसाका आधारमा कर्मचारीलाई बोनस दिने चलन थियो ।

प्रकाशित: ३० असार २०७७ १२:३७ मंगलबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी