२७ साउन २०७९ शुक्रबार
1
1
1
1

'फोटो झुण्ड्याउन मात्र महासंघको नेतृत्वमा आएको होइन' : शेखर गोल्छा (भिडियोसहित)

1
1
1
1
1

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताएका छन् । महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफू राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताएका हुन् ।

गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्वअध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफूले काम गर्ने प्रस्ट पारे । उनले भने, ‘मेरो नीति स्पस्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन । म केही काम गर्नको लागि आएको छु । यो संगठन जसमा मेरो बाउ बाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनका लागि आएको होइन है साथिहरु ।’

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताए । उनले राम्रो काम गर्नका लागि बलियो टिम आवश्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनु पर्नेमा जोड दिए । उनले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताए ।

महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफूले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताए । उनले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए । महासंघ भित्र काम गर्न गाह्रो भएको र आफू अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताए । उनले आफूलाई अहिलेसम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझै पनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताए ।

प्रकाशित: ३१ असार २०७७ १२:५६ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी