२७ साउन २०७९ शुक्रबार
1
1
1
1

भोलिदेखि एक बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने

1
1
1
1
1

काठमाडौं ।

कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनको अवधिमा जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने निर्णय बैंकहरुले गरेका थिए । तर भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको छ । एसोसिएसनका अनुसार साउन १ देखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्ने जनाएका छन् ।

कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । तर अहिले लकडाउन खुकुलो भएसँगै सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिने भएको छ ।

अहिले कतिपय बैंकहरुको शुल्क एउटै छ भने केहीको फरक छ । सामान्यतः बैंकहरुले २० देखि २५ रुपैयाँसम्म यस्तो शुल्क लिने गरेका छन् । बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मा आवद्ध छन् । केही बैंक दुई वा दुईभन्दा बढी नेटवर्कमा पनि छन् ।

प्रकाशित: ३१ असार २०७७ १७:१४ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी