१३ मंसिर २०७८ सोमबार

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डकोे धितोपत्रको कारोबार गर्न एकिकृत ग्राहक कार्ड वितरण तथा राफसाफ टि प्लस २ मा कारोबार गर्ने व्यवस्था मिलाउने बताए ।

यस्तै, धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको तथा सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने रहेको छ ।

चालु आवबाट एकिकृत ग्राहक कार्ड वितरण हुने भएको छ । ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने कार्यक्रममा उल्लेख छ । चालु आवदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था हुने भएको छ । बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने भएको छ । विकासात्मक ४० वटा कार्यक्रम सम्पन्न गर्ने बोर्डको नीति रहेको ढुंगानाको भनाइ छ । उनले सरकारले पुँजी बजार विकासको लागि ल्याएको ५८ बुँदा मध्ये धितोपत्र बोर्डको भागमा परेको काममा ६८ प्रतिशत सम्पन्न भएको बताए ।

प्रकाशित: ४ साउन २०७७ १७:२२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी