११ असार २०७९ शनिबार
1
1
1
1

'उद्योग वाणिज्य महासंघमा राजनीतिको अन्त्य गर्छु' : सौरभ ज्योति, उपाध्यक्ष उम्मेदवार (एशोसियट/भिडियोसहित)

1
1
1
1

काठमाडौं ।

यतिबेला नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले नीजि क्षेत्र निकै तातेको छ । एशोसियट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सौरभ ज्योतिले आफूहरुको टीमले महासंघमा हुँदै आएको राजनीतिको अन्त्य गर्ने बताएका छन् ।

महासंघमा वर्षौँदेखि राजनीति भइरहेकाले त्यसको अन्त्य र आर्थिक विकासका लागि आफूहरुले उम्मेदवारी दिएको महासंघ बैंकिङ विभागका सभापति समेत रहेका ज्योतिले बताए । केन्द्रबिन्दुसँगको विशेष अन्तर्वार्तामा उनले आफू राजनीति कम र काम बढी गर्ने बताएका हुन् ।

काम गर्ने टिम तथा महासंघको सचिवालयलाई बलियो बनाउँदै आर्थिक विकासका लागि अघि बढ्ने उनले बताए । त्यस्तै, आफ्नो टीमले मुलुकको आर्थिक विकासका लागि दीर्घकालिन रुपमा १० वर्षे आर्थिक रोडम्याप बनाएर अगाडि बढ्ने समेत ज्योतिको भनाइ छ । दीर्घकालिन रुपमा आर्थिक नीति लिँदै विकासमा अग्रसर हुने आफ्नो टीमको उद्देश्य रहने ज्योतिको भनाइ छ । उनले सबै व्यवसायीहरुलाई एउटै छातामुनि ल्याउने गरी काम गर्ने बताएका छन् ।

गत चैत अन्तिम साता हुने भनिएको महासंघको चुनाव कोरोनाका कारण सरेर साउन २६ र २७ गते तय भएको छ । चुनावको मिति तय भएपछि व्यवसायीहरुको दौडधुप पनि निकै बढेको हो । विधान अनुसार महासंघको अध्यक्ष स्वतःवरिष्ठ उपाध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि हुने चुनाव निकै रोचक हुने गर्छ । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा छन् । उनी स्वतःअध्यक्ष हुँदै छन् ।

महासंघको चुनावमा मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा हुने गर्छ । जुन पदका लागि आकांक्षीहरुले चर्काे प्रतिस्पर्धा पनि गर्दै आएका छन् । यसपटक उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । ढकाल र प्रधानवीचको चुनाव निकै रोचक हुने बताइएको छ । उनीहरूले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार तथा भेटघाटलाई तीव्र बनाएका छन् । ज्योति किशोर प्रधानको टीममा छन् । त्यस्तै, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ र जिल्ला/नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्यानलसहित प्रधानले उमेद्वारी घोषणा गरेका छन् ।

व्यवसायी ढकाल जिल्ला र नगर उपाध्यक्ष गुणनिधी तिवारी, एसोसियट उपाध्यक्ष, रामचन्द्र सांघाई, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठसहित उम्मेद्वारी घोषणा गरेका हुन् । यस पटक केन्द्रबिन्दुले सौरभ ज्योतिसँग कुराकानी गरेको छ । हेरौं यो भिडियोमा :

 

 

 

प्रकाशित: ७ साउन २०७७ १९:३५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी